मनाङका चौँरीमा भ्यागुते रोगको उपचार
मनाङ । हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौँरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार गरिएको केन्दका प्रमुख नारायण कुसुमले जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा रहेका चौँरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकले भ्यागुते रोगको आशङ्का गरेकामा पुष्टि भएकाले उपचार पछि अहिले चौँरी मर्ने र बिरामी हुने क्रम नियन्त्रणमा आएको छ”, उनले भने । समुद्र सतहदेखि चार हजार पाँच मिटरको उचाइमा रहेको हिमताल क्षेत्रस्थित चरन खर्कमा चौँरी बिरामी थप पढ्नुहोस् ...