चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच
लमजुङ । बेँसीसहर नगरपालिका – ११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ । नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भने, “ स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको छ । यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन् । ” समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरु शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताए । उनले भने, “पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरेपनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरु न्यूनीकरण भएको छ ।” स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ थप पढ्नुहोस् ...