चुलो

दुई सय विपन्नलाई सुधारिएको चुलो

दमक ।  झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताइन् । उनका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ देखि ६ सम्मका सीमान्तकृत तथा अल्पसङ्ख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो । धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभूति दिलाउन गाउँपालिकाले सहजीकरण गरी वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उनले बताइन् । प्रसूतिलाई निःशुल्क एम्बुलेन्स झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसूतिलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि पालिकामा स्थायी बसोबास गरेका प्रसूतिलाई लक्षित गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार