उपनिर्वाचन कास्की २ : रवीन्द्र मिश्रको प्रतिशपर्धी रवीन्द्र पत्नी विद्या
काठमाडौं । कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमतीको नाम सिफारिस गरेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेका हुन् । बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो । थप पढ्नुहोस् ...









