चिनियाँ-अमेरिकी राष्ट्रपतीबिच बैठकको तयारी : अपेक्षा अनेक-सम्भावना कम
काठमाडौँ । हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन्। तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन् । असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनिया समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ । दुई नेताहरूले थप पढ्नुहोस् ...


