चरित्र

धाकधम्की देखाई नग्न तस्बीर तथा भिडियो पठाउन लगाएर पीडा दिने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका तथा युवतीलाई साथी बनाएर धाकधम्की देखाई नग्न तस्बीर तथा भिडियो पठाउन लगाएर पीडा दिने काठमाडौँ महानगरपालिका–२२ भोटेबहालका २० वर्षीय लव खड्गीलाई बिहीबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सामाजिक सञ्जालको दूरुपयोग गरी चरित्र हत्यामा सङ्लग्न भएकाले खड्गीलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए । प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमति लिएर पक्राउ गरेको हो । पक्राउ खड्गीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ मंसिर २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार