दाङमा चट्याङबाट २ जनाको मृत्यु, १२ घाइते
देउखुरी । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ भने थप १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १२ गुरौ गाउँका १६ वर्षिया दीपा घर्ती र मनिशा शाहको चट्याङ् लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए । चट्याङले गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला सदरमुकाम घोराही तर्फ ल्याउदै गरेको प्रहरीले जानकारी दिएको छ ।तीजको दिन राती सालडाँडा भन्ने स्थानमा स्थानीयहरु नाच हेर्न जम्मा भएका थिए । साढे एघार बजेको समयमा चट्याङ परेको स्थानीयले प्रहरीलाई बताएका थिए । घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै वडाध्यक्ष द्रोणबहादुर बहकरीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल तर्फ प्रहरी खटाइ सकेको उनले बताए । मोटरगाडीबाट झरेर घटनास्थल पुग्न झन्डै ५ घन्टा थप पढ्नुहोस् ...

