सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?
काठमाडौँ । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ । उता मालपोत कार्यालयहरुले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्याङ्कनको विवरण सार्वजनिक गरेको छ । डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँ सडक बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्याङ्कन के कति होला भन्ने आम मानिसमा चासो रहन सक्छ । त्यसमाथि काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै रहन सक्छ । काठमाडौँ उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये छ वटा मालपोत थप पढ्नुहोस् ...