ब्लड क्यान्सरपीडितलाई सहयोग
बेँसीशहर । लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो । एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गरे । विद्यालयका सञ्चालक श्रेष्ठले भने, “हाम्रा विद्यार्थीबाट रु पाँच हजार र अन्य बाँकी रकम शिक्षक, शिक्षिका, कर्मचारी र सञ्चालकबाट आर्थिक सङ्कलन गरेर घिमिरेको उपचारमा केही सहयोग पुग्ने अपेक्षाले सहयोग गरेका छौँ ।” पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पु¥याएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । करिब ११ महिनाअघि बोनम्यारो प्रत्यारोपण गरिएकामा थप पढ्नुहोस् ...

