स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
वालिङ । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले बताए । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए । आव २०७७/७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, दुई महिला, दुई बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र पाँचजना मध्यम घाइते भएका थप पढ्नुहोस् ...

