पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई अनुदान
कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३ किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो । महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ । महानगरले प्रति रोपनी तीन हजारका दरले थप पढ्नुहोस् ...

