घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने, नछुट्याए ५ सय रुपियाँ जरिवाना हुने
काठमाडौं । राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो । कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै भने– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँ, थप पढ्नुहोस् ...

