अफगानिस्तानमा प्रार्थना गर्ने क्रममा विस्फोटन : थप ८ जनाको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ । सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो । घटनाको जिम्मेबारी आइएसआइएसले लिएको छ । अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ । यसअघि पनि सो समूहमाथि पटक पटक आक्रमण हुने गरेको थियो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

