ग्यास बिस्फोटका

ग्यास बिस्फोटका घाइतेको उपचारलाई नौ लाख सहयोग

सिन्धुपाल्चोक । ग्यास बिस्फोटका घाइतेको उपचारलाई नौ लाख सहयोग । खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न जिल्लाको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा नै पुगेर जनही एक लाखको दरले नौ लाख सहयोग हस्तान्तरण गर्नुभएको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिनुभयो । पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ भाद्र २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार