गौशाला नगरपालिका

वडा कार्यालय भवन बनाउन जग्गादान

महोत्तरी । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ । गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिए । “गौशाला–१२ मा सार्वजनिक हितका लागि जग्गाधनीले देखाउनुभएको चासोले वडावासी सबै उत्साहित छौँ” उनले भने, “अब कार्यालय भवन निर्माणको प्रक्रिया तत्काल थालिने छ ।” यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिएका थिए । सो ठाउँमा हाल सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालनमा छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार