गोलबजार १० का वडाध्यक्ष मुखियालाई चुनौती, अब डुबान नहोला त धर्मपुर ?
सिरहा । वर्षायाममा सिराहाको गोलबजार १० धर्मपुर गाऊँ डुबानमा पर्दै आएको छ । यस पटक झन धेरै डुबानमा परेको छ । आईताबार करिब १० बजे देखि परेको पानी बिहान ३ बजे सम्म पर्दा त्यहाँका अधिकंश घरहरुमा पानी पसेर भित्ता समेत भत्काएका छन् । अघिल्लो पटकका जनप्रतिनिधहरुले यहाँका समस्यालाई वेवास्ता गरेकाले स्थानियवासिन्दाहरुले सास्ती खेप्दै आउनु परेको छ । एक स्थानियले उज्यालो नेटवर्कसंगको कुराकानीमा भने-'यदि समयमै पानीको निकासा गरिदिएको भए यो समस्याबाट जोगिन्थ्यौ, तर हामीलाई पुर्व जनप्रतिनिधले यो कुरानै सुनिदिनु भएन् , वडा देखि नगरसम्म हामी समस्या सुनाउन गयौ पुग्यो तर ५ वर्ष सम्म त्यसको कुनै सुनुवाई भएन ।' अहिले धर्मपुर बुद्दचोक देखि पुर्व टोल सम्म आर.सि.सि ढलान गरिएको छ । तर स्थानियले पानी निकासा गर्न ढलको आवश्यकता रहेको बताउँदै आएका छन थप पढ्नुहोस् ...

