लिगलिगकोट म्याराथन दौड भदौ २५ गते
काठमाडौँ । यस वर्षको लिगलिगकोट-सिरानचोक(गोरखा दरबार म्याराथन दौड आगामी भदौ २५ गते आयोजना हुने भएको छ । नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा राष्ट्रव्यापी ूलिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड प्रतियोगिता-२०७९ू सञ्चालन हुने जानकारी दिइएको हो । यसमा भाग लिनका लागि क्यूआर कोडमार्फत् अनलाइन रजिस्ट्रेसन गर्न सकिने साथै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी दर्ता गर्न सकिने नेपाली सेनाले जानकारी दिएको छ ।भदौ ३ गतेदेखि २० गतेसम्ममा रजिस्ट्रेसन फर्म दर्ता गरिसक्नु पर्नेछ ।दर्ता शुल्क प्रति व्यक्ति पाँच सय रुपैयाँ तय गरिएको छ । म्याराथन दौड बिहान ६ बजे लिगलिगकोटबाट सुरु हुने छ । म्याराथन दौडको जम्मा दुरीस् ४० कि।मि। रहनेछ । म्याराथन सञ्चालन हुने रुट लिगलिगकोट-आँपपिपल भञ्ज्याङ्ग-चित्रेपोखरी-छोप्राक-चोरकोटे-छेवेटार(पस्लाङ्ग-ठूलो आँगन हुँदै थप पढ्नुहोस् ...



