गोकर्णेश्वर

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ । पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भीड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ । पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार