गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारहरु माथी आक्रमण, एमालेका कार्यकर्ता पक्राउ
कमल राज पुरी काठमाडौ । गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवार माथी आक्रमण भएको छ । मदिरा सेवान गरेर दुव्र्यवहार गर्न खोज्ने एमाले कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ३हाडहाडेमा आइतबार साझ काङ्ग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रताप सेन र प्रदेश ख का गठबन्धनका साझा उम्मेदवारमाओवादी केन्द्रका नेता बुद्धि जिसी सहितको टोली माथी हातपात भएको प्रहरीले जनाएको छ । हातपात गर्ने एमालेका कार्यकर्ता अन्दाजी २६ वर्षीय लेख बहादुर नगरकोटी र अन्दाजी वर्षीय ५६ टेक बहादुर नगरकोटीलाई इलाकाप्रहरी कार्यालय पुर्कोट दहले नियन्त्रणमा लिइएको छ । हिजै साझ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बताएको छ । यतागठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भए पछि एमाले अतालिएर भौतिक आक्रमणमालागेको प्रतिक्रिया दिएका छन् । आफुहरु संयमित हुँदा पनि एमालेका कार्यकर्ता मदिरा थप पढ्नुहोस् ...

