तम्घासको सडक स्तरोन्नति गर्ने काम अधुरै
गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुदै सडक भत्किएको छ । भत्किएको सडकको दीगो व्यवस्थापनका लागि गत आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन पनि भयो । समयमै काम नहुँदा तम्घासको सडक स्तरोन्नति गर्ने काम अधुरै भएको छ । समयमै काम भएको भए असार मसान्तसम्म तम्घासको सडक चिटिक्क देखिन्थ्यो । काम सकिने बेला निर्माण व्यवसायीले बल्ल काम सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत काम हुनेगरी बजेट विनियोजन भएको थियो । तम्घास बजारका खाल्डाखुल्डी पुर्ने र सडकको स्तरोन्नति थप पढ्नुहोस् ...