गणेश ढकाल

नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल

काठमाडौँ । नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन ९दीपक० लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल हुनुभएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध हुनुहुन्छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ भाद्र २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार