बेपत्ता सुनारको शव फेला
चन्द्रौटा । खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो । वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए । सुनारको शव आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

