खोप

१२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु

काठमाडौँ । सरकारले आइतबारदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरको छ । १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरिएको हो । खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो । खोप सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार