‘धारामा पानी आउँदा खुशीको सीमा छैन ’
जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उनीमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्र्घषका दिन सम्झँदै उनले भने, “छोराछोरी साना हुँदा डोकाले तोरेर (बन्द गरेर) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ ।” धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन । उनले भने, “आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए ।” करिब थप पढ्नुहोस् ...