ठेकदारले आलटाल गर्लान् भनेर सडक बनाउन ‘गोठालो’
काठमाडौँ । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको विषयमा नियमित अनुगमन गर्दै आएका छन् । यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि स्थानीय सडकमा उत्रिएर फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई हत्त न पत्त अवरोध गर्न पुगे । बिहान ढिलासम्म पनि सडकमा ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए । केही समयपछि ठेकदार तथा कामदार निर्माण क्षेत्रमा फर्किएर काम थालेपछि अहिले भने फोहोरका गाडीहरूलाई खुला गरिएको छ । गत १ फागुनदेखि नै स्थानीयले सडक पिच नभएको भन्दै फोहोर बोकेका गाडीहरूलाई थप पढ्नुहोस् ...

