खडेरीको चिन्ताले किसानलाई पिरालो
महोत्तरी। गत असार १५ देखि पानी नपरेपछि जिल्लाका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न र रोपिएको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार टण्टलापुर घाम लागेपछि उनीहरू चिन्तित भएका हुन् । मुख्यबाली मानिएको धान रोप्ने र हुर्कने बेला पानी नपरेपछि किसानको यो चिन्ता बढेको हो । “झमझम पानीमा रुझ्दै खेतमा धान रोप्नुपर्ने बेला तालु फुट्लाजस्तो टण्टलापुर घामले सेक्दैछ”जिल्लाको भ–भङ्गाहा–५ सिद्धपुरका ६५ वर्षीय किसान सत्यनारायण मण्डल भने, “यो रौदी(अनिकाल) को लक्षण हो ।” मध्ययताको आधा असार र साउनकै पनि दुईरतीन बित्दासमेत पानी पर्ने लक्षण नदेख्दा अब धान फलाउने आश मर्दै गएको मण्डल बिरक्तिँदै बताए। सहकाल हुन साउनमा पश्चिम दिशाको हावा चल्नुपर्ने र त्यसले पानी पार्ने पाका किसान बताउँछन् । तर असार निगल्दो र साउन लागिकन पनि थप पढ्नुहोस् ...

