कोरोना

कोरोनाको औषधि पत्ता लाग्यो

एजेन्सी । बेलायतमा वैज्ञानिकहरुले कोभिड-१९ रोगविरुद्ध सस्तो र सबैतिर उपलब्ध उपचार पत्ता लगाएको दावी गरेका छन् । उनीहरुले सामान्य स्टेरोयड औषधि डेक्सामेथासोनको उपयोगबाट कोरोनाविरुद्ध ठूलो सफलता हासिल गरेको उल्लेख गरेका छन् । यो औषधिले भेन्टिलेटरमा पुगिसकेका गम्भीर बिरामीहरुमध्ये एक तिहाईको जीवनरक्षा गर्ने र अक्सिजन लगाउनुपर्ने बिरामीहरुको पनि उल्लेख्यरुपमा जीवन बचाउने उल्लेख गरिएको छ । कोरोनाबाट विभिन्न स्तरमा संक्रमित बिरामीमाथि गरिएको परीक्षणबाट यस्तो आंकलन गरिएको हो । यो औषधिलाई महामारीको सुरुमा नै प्रयोग गर्न सकिएको भए ४ देखि ५ हजार मानिसहरुको जीवनरक्षा गर्न सकिने अनुमान गरिएको छ । अनुसन्धानको सहनेतृत्व गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका एक प्रोफेसर मार्टिन लान्ड्रे भन्छन्, ‘कोरोना संक्रमण भएर अक्सिजन दिइरहेका वा भेन्टिलेटरमा रहेका बिरामीहरुलाई डेक्सामेथासोन दिएमा उनीहरुको जीवन रक्षा हुन्छ र यसको मूल्य पनि एकदमै सस्तो छ ।’ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ असार २०७७, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार