दलित आन्दोलनका अगुवा विकको कोरोनाका कारण निधन
दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए । दलित मुक्तिका लागि लड्दै आएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उनको जन्म भएको थियो । विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्वसमेत गरेका थिए । सुन, चाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुन् । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आएका थिए । थप पढ्नुहोस् ...


