देशभर आज थप ७८१ मा सङ्क्रमण, दुईको मृत्यु
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार थप पढ्नुहोस् ...




