एमालेलाई सिद्धाउन अरु १० दल आएपनि कुनै फरक पर्दैन : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउन अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट पारेका छ्न ।एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलिय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताएका हुन । उनले एमालेलाई कसैको बैशाखि टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उहाको भनाई छ । उहाले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गरे । एमाले नेतृत्वको सरकारले मुलुकमा बिकासको लहर ल्याएकै थप पढ्नुहोस् ...