बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा
काठमाडौँ । दक्षिण/रदक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउँदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेपाल सरकारका सबै क्षेत्र, अनुसन्धान लक्षित संस्था, विश्वविद्यालय एवं अन्य शैक्षिक संस्था र निजी क्षेत्रका उद्यमी व्यवसायीको छलफल तथा समन्वय आवश्यक रहेको सुझाव दिएका थिए । कार्यशालामा गण्डकी विश्वविद्यालयका उपकूलपति प्राडा नवराज देवकोटाले बागवानी क्षेत्रको विकासका लागि अनुसन्धान कोष जुटाउने अवसरका रुपमा कार्यक्रम सम्पन्न भएको बताएका थिए । कृषि थप पढ्नुहोस् ...

