म्याग्दीका सुके कुवा,पुरिए पोखरी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ । सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको सिरानमा रहेको पाखो र खहरेखोलामा रहेका तीन वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको झलझली सम्झना आउछ । तर आजभोलि न जलकुनीमा पानीको कुवा छ नत पाखो र खहरेखोलामा पोखरी नै छन् । पहिले पहिले पानीको छेलोखेलो हुने बगरफाँट गाउँ हिजोआज एक गाग्री पानीको लागि कित म्याग्दी नदीमा जानुपर्ने कि खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छ । गाउँका टोलटोलमा खानेपानीका धारा त छन् तर ती धारामा हप्ताको दुईदिन पानी खस्यो भने पाँच दिन सुख्खा हुन्छन् थप पढ्नुहोस् ...