कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन
काठमाडौँ । कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।वाग्मती सफाइ महाअभियानको आज ४७७औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा दैलेखका सांसद पार्वती विशुङ्खे, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, वडा सदस्य अशोक केसी, हुमा आचार्य, अप्सरा खनाल, सान्नानी मिजार, श्रीनगर टोल सुधार समितिका अध्यक्ष उज्जन श्रेष्ठ, नेपाल आमा सेवाका अध्यक्ष चन्द्रमणि तिमिल्सिना, नेपाल चलचित्र सङ्घका सहकोषाध्यक्ष नायिका पवित्रा आचार्य, प्रा डा प्रेम शर्मा, बानेश्वर महिला वातावरण सेवा प्रालिका सञ्चालक दुर्गा दुलाललगायतको सक्रियता थियो । यसैगरी वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, लायन्सका चारवटा क्लब, लायन्स क्लब अफ काठमाडौँ थप पढ्नुहोस् ...


