निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण सुरु
पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो । कूल रु छ करोड ९४ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेका ती आयोजना सांसद योगेश भट्टराईले शुक्रबार शिलान्यास गरे । ती आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत तथा गाउँपालिकाको ३० प्रतिशत रकम ब्यहोरेका छन् । आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङ्वरक पोखरीे विस्तार एवं निर्माणसँगै बालउद्यान, विश्रामस्थल, धार्मिक तथा सांस्कृतिक महत्वका मूर्ति, माछा पोखरी र धारा, विश्रामस्थल तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मूर्ति, घण्टी, फूलबारी र पोखरीको दृश्य, नागको मूर्ति, मुख्य प्रवेशद्वार, याङ्वरक स्तम्भ, हतियारका आकृतिलगायत संरचना थप पढ्नुहोस् ...

