प्रदेश सुरक्षा गोष्ठीमा निर्वाचन केन्द्रित छलफल
मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताएका छन् । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०७९ को उद्घाटनमा मन्त्री कार्कीले प्रदेश सरकारले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक पर्ने साधन स्रोत उपलब्ध गराउन निर्देशन दिएको बताए । मन्त्री कार्कीले निर्वाचनका बेला सूचना सङ्कलन, संवाद, निर्णय र कार्यान्वयन महत्वपूर्ण रहने भन्दै यसको अधिकतम प्रयोग गरेर भयरहित वातावरण एवं सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह आग्रह गरे । उनले निर्वाचन जनप्रतिनिधि छान्ने विधि र प्रक्रिया भएको हो भन्दै शान्तिसुरक्षामा कुनै किसिमको सम्झौता नगरी द्वन्द्व व्यवस्थापनमा राजनीतिक वृत्तमा संवादसहितको थप पढ्नुहोस् ...