केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी
काठमाडौँ । केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत मानसिक रोगी कैदीबन्दी रहेका छन् । उनले अस्पतालमा सबभन्दा बढी मानसिक रोगी नै रहेको बताउछन् । त्यसपछि मधुमेह, कोलस्ट्रोल, उच्च रक्तचापका बिरामीको साथै महिलाको पाठेघर खस्ने, पाठेघरमा सङ्क्रमणजस्ता पनि बिरामी कागारारमा रहेका छन् । यस्तै क्यान्सरका पनि बढ्दै गएको उनको भनाइ छ । अस्पतालमा मानसिक रोगी बढ्न थालेपछि दुई जना मानसिक रोग विशेषज्ञ र दुई परामर्शदातासमेत राखेको छ । अस्पतालले मानसिक वार्ड भनेर थप पढ्नुहोस् ...


