करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए । साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं। ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं। ३ र ६ को सिमानामा रहेको गौचरन, पानीघाट तथा मृत्यु संस्कारमा प्रयोग हुने जग्गालाई भू–माफियाले २०४८ सालमै दर्ता गराएको रहस्य बल्ल बाहिर आएको छ । मालपोतमा लेखापढीको काम गर्ने ऋषिराम दुलालको सेटिङमा उहाँकै ससुरा ढुण्डप्रसाद अधिकारीको नाममा सो जग्गा दर्ता भएको स्थानीय ज्ञानबहादुर थापाले बताए । “तत्कालीन पाँचखाल गाउँ पञ्चायतका प्रधानपञ्च दिननाथ ढुङ्गानाको सिफारिसमा छुट लगत दर्ता गरिदिन भनेर अधिकारीको नाममा सिफारिस भएको रहेछ,” थप पढ्नुहोस् ...