कल्याणकारिणी

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

काठमाडौँ ।  नेपाल सरकार र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा शुक्रबार सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।   कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए । छलफलमा उक्त सभाले सरकारसँग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित आजको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिए ।   उज्यालो नेटवर्कका अन्य समाचार पनि थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ श्रावण २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार