खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई
पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए । उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित हुनुभएको छ । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरे। कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए। थप पढ्नुहोस् ...

