कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक खाद्यान्न तथा दग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने वाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलो पटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्वस्नीयता पनि बढेको जानकारी दिए । “हामीले कर्णालीमै पहिलोपटक खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब स्थापना गरेका छौँ”, उनले भने, “अहिलेसम्म हामीले दूध, तेल, सागपातलगायतका ९६ वटा नमूना परीक्षण गरिसकेका छौँ, यसले नागरिकको गुणस्तरीय खाद्यान्न प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।” प्रयोगशाला स्थापनापछि खाद्यान्नप्रतिको थप पढ्नुहोस् ...