कम्प्युटर

कम्प्युटर शिक्षकका लागि बजेट व्यवस्थापन

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठनपाठन गराउन शिक्षक व्यवस्थापन गर्ने भएको छ । आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले १० वटा मावि र दुई वटा कक्षा ८ सम्मको पठनपाठन हुने आधारभूत विद्यालयमा शिक्षक व्यवस्थापन गर्न आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको छ । ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका, रितुङ, मुक्तिधाम, महेन्द्र, अमर मावि पाखापानी, अमर मावि चिमखोला, महादेव मावि र दुई वटा आधारभूत विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए। “आधारभूत तहका चारमध्ये दुई वटा विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम भएकाले दुई विद्यालयले मात्र कम्प्युटर शिक्षक पाउने भएका छन्,” उनले भने “प्रस्तावित माध्यामिक विद्यालयलाई आवश्यकता अनुसार दुई वर्षदेखि गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकसमेत गाउँपालिकाले नै व्यवस्था गरेको छ ।” थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार