दुई वर्षमा १४ प्रतिशत सकियो कञ्चनपुर–कमला सडक विस्तार
काठमाडौँ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर–कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । जम्मा ८६ दशमलव ८२ किमी लम्बाइको सडक अधिकांश खण्डमा चार र कतैकतै चार लेनसहित दुई लेन सर्भिस ट्रयाक निर्माण भइरहेको सडक विभागले जनाएको छ । कम्पनीले निर्माणस्थलमा काम गत वर्ष वर्षापछि सुरु गरेको कञ्चनपुर–कमला सडक योजना (पूर्वी खण्ड)का प्रमुख नीरज शर्माले बताए । उनका अनुसार कोभिडका कारणले बाहिरबाट सामान ल्याउन नसक्दा काममा अवरोध पुगेको थियो । एक वर्ष पहिले आएका चिनियाँहरू भर्खरैमात्रै जान पाएको उनले बताए । मान्छे र सामग्री थप पढ्नुहोस् ...