बजेटमा छुट : थपिँदै नेपालमा गाडी उत्पादन गर्ने उद्योग
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तःशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तःशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो । पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आवको बजेटमा भएको विशेष व्यवस्थाका कारण सिमेन्ट र रडकोसमेत निर्यात हुन थालेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार थप पढ्नुहोस् ...

