भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
एजेन्सी । भारतमा बुधबारदेखि एलपीजी ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ । समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी सिलिन्डरका लागि १ हजार ५३ भारु तिर्नुपर्नेछ । यस्तै, ५ केजीको घरेलु सिलिन्डरको मूल्य पनि प्रतिसिलिन्डर १९ रुपैयाँले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य साढे आठ रुपैयाँले घटेको छ । गत साता नै व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

