एमसिएद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
दमौली । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति(एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १२ गते विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको सूचना जारी गरेको छ । आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाअन्तर्गत पर्ने जग्गा तथा घरगोठ, टहरा, कटेरा तथा रूख बिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन तथा जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दाबीका लागि थप पढ्नुहोस् ...


