एन्फा

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईलाई एन्फामा स्वागत

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले स्वागत गरेको छ । बुधबार कम्प्लेक्समा एन्फा महासचिव किरण राईले प्रशिक्षक हुमागाईलाई स्वागत गरेका हुन् । हुमागाईलाई एन्फा कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमगाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादको विषय नसुल्झिएको अवस्थामा हुमागाईलाई एन्फाले एक खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।   हुमागाईं नेपाल सुपर लिग ९एनएसएल० टोली झापा एफसीका पनि मुख्य प्रशिक्षक हुन् । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार