सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’
-रमेश लम्साल काठमाडौँ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ । सोसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने आवश्यक तयारी भइरहेको छ । प्रारम्भिकरूपमा सो सम्झौतामा हस्ताक्षर भइसकेको भए पनि केही प्राविधिक समस्याका कारण पूर्णरूपमा हस्ताक्षर हुनसकेको थिएन । दुई देशका ऊर्जा सचिवस्तरमा हस्ताक्षर गर्ने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । यस्तै थप दुई सय मेगावाट बिजुली भारत निर्यातका सम्बन्धमा पनि भारतीय पक्षसँग यसबीचमा सहमति भएको छ । यसअघि इनर्जी एक्सचेन्ज मार्केटमा चार सय ५२ मेगावाट बराबरको बिजुली निर्यात हुँदै आएको थियो । त्यसका साथै थप बिजुलीसमेत थप पढ्नुहोस् ...





