सुदूरपश्चिममा ५५ प्रतिशत सङ्क्रमित निको
सुदूरपश्चिम । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४२८ जनाको मृत्यु भएको छ । जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत छन् । कोरोना भाइरसजस्तो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पिसिआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएकामा यस वर्ष पिसिआरका थप पढ्नुहोस् ...








