जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी
चितवन । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम)लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ । स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको थप पढ्नुहोस् ...

