इटालीका

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन । उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ । मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन । इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो। यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएको थिएन । यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि "परिस्थितिलाई ध्यानमा राख्दै" फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेको थियो। यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ माघ २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार